Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ र उनकी प्रेमिका पुर्पक्षका लागि थुनामा

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ र उनकी प्रेमिका पुर्पक्षका लागि थुनामा

काठमाडौं :  श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतिक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।यसै मुद्दामा प्रतिवादी विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

प्रहरीका अनुसार कुमार थापा मगरमाथि गत जेठ २२ गते आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको घाँटी रेटेर हत्या गरेको आरोप छ। उक्त घटनापछि पक्राउ परेका प्रतिवादीविरुद्ध अनुसन्धान सम्पन्न भएपछि मुद्दा अदालतमा दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट