Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

इच्छाकामना जेसीज तथा मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा निःशुल्क रक्तचाप जाँच तथा स्वास्थ्य शिविर

इच्छाकामना जेसीज तथा मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा निःशुल्क रक्तचाप जाँच तथा स्वास्थ्य शिविर

मुग्लिन : इच्छाकामना जेसीज (स्थापित: २०८०) र मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा आइतबार निःशुल्क रक्तचाप जाँच तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यालय परिसरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालित उक्त शिविरबाट ८५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्।
इच्छाकामना जेसीजकी अध्यक्ष रञ्जिता सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर शेरचन र वडा नं. ३ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपाल सहभागी हुनुहुन्थ्यो भने पूजा डल्लाकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो।

2aa9e753-73fa-43cf-96f6-92e0a6ba32e9.jfif
undefined


शिविरमा भरतपुर सरकारी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. प्रशान्त पौडेलको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। स्वास्थ्य टोलीमा फर्मासिस्ट पूजा नेपाली, नर्स डिक्ष्या परियार, ल्याब टेक्निसियन सञ्जीप यादव र रेस्पिरेटरी काउन्सेलर विक्रम साह सक्रिय हुनुहुन्थ्यो।
स्थानीय समुदायमा स्वास्थ्य समस्याको समयमै पहिचान र सचेतना जगाउन शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ। कार्यक्रमको समापन गर्दै जेसीज अध्यक्ष सिलवालले सहयोगी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता जनहितमुखी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

0ccef399-53de-4376-bfe8-252b5d111303.jfif
undefined
da70152f-e8d4-4c2b-96ae-2f39f9ddb1d9.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट