Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मोबाईल व्यवसायी महाधिवेशन : व्यवसायीहरूको हकहित र सुरक्षाका मुद्दा बोकेर चुनावी मैदानमा बिक्रम कँडेल

मोबाईल व्यवसायी महाधिवेशन : व्यवसायीहरूको हकहित र सुरक्षाका मुद्दा बोकेर चुनावी मैदानमा बिक्रम कँडेल

चितवन : नेपाल मोबाइल व्यवसायी महासङ्घको आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सहकोषाध्यक्ष पदका उम्मेदवार बिक्रम कँडेल व्यवसायीहरूको हकहित, सुरक्षा र सम्मानका मुद्दा बोकेर चुनावी मैदानमा उत्रिनुभएको छ। लामो समयदेखि मोबाइल व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कँडेलले व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्दै व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँले मोबाइल व्यवसाय क्षेत्रमा बढ्दो अव्यवस्था, अस्वस्थ प्रतिस्पर्धा तथा अवैध व्यापारिक गतिविधिका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै ती विकृति नियन्त्रणका लागि सशक्त पहल गर्ने बताउनुभएको छ। साथै व्यवसायीहरूमाथि हुने अनावश्यक दुःख, दबाब र अन्यायविरुद्ध दृढ रूपमा आवाज उठाउने उहाँको भनाइ छ।
कँडेलले आफ्नो उम्मेदवारीमार्फत मोबाइल बजारलाई आधुनिक, विश्वसनीय र ग्राहकमैत्री बनाउने, कर तथा भन्सार सम्बन्धी नीतिगत समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा व्यवसायीहरूको आर्थिक सुरक्षा र संस्थागत सुदृढीकरणमा विशेष जोड दिने प्रतिबद्धता जनाउनुभएको छ।
त्यस्तै, नयाँ व्यवसायी तथा युवापुस्तालाई व्यवसायमा अवसर र प्रोत्साहन दिने, व्यवसायीहरूबीच एकता, सहकार्य र विश्वासको वातावरण निर्माण गर्ने तथा संगठनलाई पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने उहाँको योजना रहेको छ।
“व्यवसायीहरूको साझा आवाजलाई अझ सशक्त बनाउँदै सम्पूर्ण व्यवसायीहरूको सम्मान र अधिकारका लागि निरन्तर संघर्ष गर्नेछु,” कँडेलले बताउनुभयो।
आगामी निर्वाचनमा सम्पूर्ण व्यवसायी साथीहरूलाई साथ, सहयोग, विश्वास र अमूल्य मत प्रदान गर्न उहाँले हार्दिक अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट