Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

बैतडी :  अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो।

दशरथचन्द नगरपालिका–४ छेलामा आज सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए।

अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने उनले बताए । बाढी, पहिरो, आगलागीलगायत विपद्जन्य घटनामा परेका व्यक्तिहरुको उद्धारका लागि तालिम प्राप्त जनशक्तिसहित अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए।

“मनसुन सक्रिय हुने समय छ । यो समयमा हुनसक्ने विपद्जन्य घटनामा परेकाहरुको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौबिसै घण्टा तयारी अवस्था रहन्छ,” उनले भने, “आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताP . 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट