घैरुङ : गोरखा नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो अन्तरपालिका उपप्रमुख भलिबल कप प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गरेको शहिद लखन गाउँपालिकाको भलिबल टोलीलाई आज गाउँपालिकामा विशेष कार्यक्रम गरी सम्मान गरिएको छ।
कार्यक्रममा विजेता टोलीद्वारा प्राप्त ट्रफी गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। सो अवसरमा गाउँपालिकाको पूर्वनिर्णय अनुसार टोलीका खेलाडी तथा प्रशिक्षकलाई प्रतिव्यक्ति रु ५,००० (करसहित) का दरले नगद पुरस्कार समेत प्रदान गरिएको छ।

गाउँपालिका अध्यक्ष रमेश बाबु थापा र उपाध्यक्ष इन्दिरा तिवारीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख, शिक्षा समिति सदस्य, हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, खेलाडीहरू, प्रशिक्षक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा गाउँपालिका अध्यक्ष थापाले खेलाडीहरूको उपलब्धिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । स्थानीय स्तरमा खेलकुदको विकास र प्रतिभा प्रोत्साहनका लागि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij