Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

इन्स्पेक्टर शाहीले पाइन् सफाई !

इन्स्पेक्टर शाहीले पाइन् सफाई !

ललितपुर : भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोप लागेकी इन्स्पेक्टर बिनुकुमारी शाही ले अदालतबाट सफाइ पाएकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो ले इन्स्पेक्टर शाहीविरुद्ध हनिट्र्याप काण्डमा संलग्न रहेको आरोपमा ललितपुर जिल्ला अदालत मा मुद्दा दायर गरेको थियो। अदालतले मंगलबार उक्त मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सफाइ दिने आदेश दिएको हो।

भैंसेपाटी प्रहरी प्रभागको प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा एक घरजग्गा कारोबारीलाई हनिट्र्यापमा पारिएको घटनामा शाहीसहित छ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।

यसअघि २०८१ साल पुस ८ गते जिल्ला अदालतले शाहीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही घटनाका कारण उनी प्रहरी सेवाबाट निलम्बित समेत भएकी थिइन्।

अदालतको पछिल्लो आदेशसँगै इन्स्पेक्टर शाहीमाथिको आरोपमा सफाइ भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट