फागुन २१ गते देशभरि संसदीय निर्वाचनका लागि मतदान हुने छ। उक्त निर्वाचनबाट चुनिने एक व्यक्ति देशको प्रधानमन्त्री पनि हुने छन्। गत भदौ महिनामा जेन जी आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भएपछि हुन लागेको निर्वाचनमा सहभागी हुने क्रममा केही दलले आफ्नो पक्षबाट सम्भावित प्रधानमन्त्रीको नाम पनि घोषणा गरेका छन्।
नेपालको संविधानअनुसार निर्वाचन परिणाम प्राप्त भएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्ने छन्। कुनै एक दलले बहुमत प्राप्त गरेमा सो पार्टीका नवनिर्वाचित सांसदहरूले प्रधानमन्त्री बन्ने उम्मेदवारलाई अनुमोदन गर्नुपर्ने हुन्छ। कसैको बहुमत आएन भने चाहिँ राष्ट्रपतिले संविधानको धारा ७६ मा तोकिए बमोजिमका अन्य विकल्पमा जानुपर्ने हुन्छ। सुरुमा पार्टीहरूले अरू दलसँग मिलेर बहुमत जुटाउने समय पाउने छन्। तोकिएको समयमा बहुमत जुटाउन नसके सबैभन्दा ठूलो दलको संसदीय दलका नेताले प्रधानमन्त्री हुने अवसर पाउने छन्।


नभए पनि हुन्छ। मतदाता परिचयपत्र अनिवार्य छैन।
तपाईँको मतदाता परिचयपत्र हराएको छ भने पनि चिन्ता नमान्नुहोस्। तपाईँले मतदान गर्न पाउनुहुन्छ। तर तपाईँको नाम मतदाता नामावलीमा चाहिँ भएको हुनुपर्छ है!
मतदानका लागि साधारणतया मतदाता परिचयपत्र चाहिन्छ। तर त्यो हराएको अवस्थामा नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र वा जग्गाको लालपुर्जामध्ये एउटा देखाएर मतदान गर्न पाइन्छ। निर्वाचन आयोगका अनुसार छ प्रकारका सरकारी परिचयपत्रका आधारमा मतदान गर्न दिइने छ।


मतदानकेन्द्र प्रायजसो नजिकको विद्यालय वा क्याम्पसमा हुन्छ।
मतदानकेन्द्रहरू प्रायजसो विद्यालय वा अन्य सामुदायिक स्थानमा बनाइएको हुन्छ। तपाईँले आफ्नो जिल्ला वा वडामा भएका मतदानकेन्द्र निर्वाचन आयोगको यो वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ।
अथवा तपाईँले स्थानीय वडा कार्यालयमा सोधेर पत्ता लगाउन पनि सक्नुहुन्छ।


तपाईँले बिहान ७ बजेबाट दिउँसो ५ बजेभित्र जुनसुकै समयमा पनि मतदान गर्न सक्नुहुन्छ। बेलैमा योजना बनाएर मतदानकेन्द्रको ढोका बन्द हुनुअघि नै तोकिएको ठाउँमा पुग्नुहोस्!


सजिलो छ त! तोकिएको स्थानमा गएर निर्वाचन अधिकारीहरूलाई मतदाता परिचयपत्र वा तोकिएको परिचयपत्र देखाउनुहोस्। तपाईँको नाम मतदाता सूचीमा रहेको प्रमाणित भएपछि विशेष मार्करले देब्रे हातको बूढीऔँलाको नङ र छालाको बीचमा नमेटिने मसी लगाइन्छ।
त्यसपछि तपाईँ मतपत्र लिने ठाउँतर्फ अघि बढ्न सक्नुहुन्छ। तपाईँलाई मत हाल्ने तरिकाबारे कुरा बुझाएर अधिकारीहरूले मतदानका लागि मतपत्र निकालेर दिन्छन्। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ भन्ने चाहिँ निश्चित गर्नुपर्छ है!
पहिलो प्रत्यक्ष उम्मेदवारको मतपत्रमा मतदान गरिसकेपछि दोस्रो समानुपातिक तर्फको मतपत्र दिइन्छ र त्यसमा पनि त्यसरी नै मतदान गर्ने हो।
ककसलाई भोट हाल्ने?


तपाईँले टेलिभिजनमा, अनलाइन माध्यम वा पत्रपत्रिकामा देखेका नेताहरू पार्टीबाट वा स्वतन्त्र उम्मेदवार बनेका हुन सक्छन्। उनीहरूमध्ये कोही भोलि सांसद, मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन्।
प्रत्यक्षतर्फको मतपत्रमा तपाईँको निर्वाचन क्षेत्रबाट उठेका दलीय र स्वतन्त्र उम्मेदवारहरूका चुनाव चिह्नहरू हुन्छन्। सामानुपातिकतर्फको अर्को मतपत्रमा पार्टीका चुनाव चिह्नहरू हुन्छन्।
त्यस्ता चिह्न भएका स्थानमा स्वस्तिक छाप लगाएर मतसङ्केत गर्ने खाली ठाउँ हुन्छ।
होइन नि! मतपत्रमा लेख्नु हुँदैन, स्वस्तिक छाप 卐 लगाउनुपर्छ।
तपाईँले आफूले छानेको उम्मेदवार वा पार्टीको निर्वाचन चिह्नको छेउमा भएको खाली ठाउँमा पर्ने गरी स्वस्तिक छाप लगाउनुपर्छ। मतदान गर्न तोकिएको गोप्य ठाउँमा त्यस्तो छाप राखिएको हुन्छ। उक्त छापको दुवैपट्टि 卐 हुन्छ। मसी प्याडमा चोबेर छाप लगाउनुपर्छ।
रोजेको चिह्नमा छाप लगाइसकेपछि मतपत्र पट्ट्याएर पेटिकामा हाल्नुपर्छ। मतपत्र पट्याउँदा तपाईँले छाप हानेको रङ लतपत भयो भने मत बदर पनि हुन सक्छ। मतपत्र त्यसैले पट्ट्याउनुअघि मसी सुक्न दिनुपर्छ।


यस्तो अवस्थामा मत बदर हुन सक्छ :
तपाईँलाई आफ्नो हातमा परेको मतपत्रबारे शङ्का लागेको छ भने मतदान अधिकारीलाई सोध्नुहोस्।


पाइँदैन! मतदानकेन्द्रमा सेल्फी वा तस्बिर खिच्ने काम नगर्नुहोस्। त्यहाँ मोबाइल फोन लैजान र तस्बिर वा भिडिओ खिच्न पाइँदैन।
मतदान गर्न तोकिएको स्थानभित्र प्रवेश गर्न लाग्दा मोबाइल नलैजानु नै उचित हुन्छ। बोक्नुभएको छ भने भोट हालेर फर्कँदासम्म कोही विश्वासिलो व्यक्तिलाई बोक्न दिनुहोस् वा स्विच अफ गर्नुहोस्। मतदान गोप्य हुन्छ। त्यसैले तपाईँले भोट हालेको तस्बिर वा भिडिओ खिचिराख्न आवश्यक छैन।
निर्वाचन आयोगको वेबसाइट मा हेर्नुहोस् वा आफ्नो मतदानकेन्द्रमा गएर पनि हेर्न सकिन्छ। मतदानअघि मतदाता नामावाली मतदानकेन्द्रबाहिर पनि टाँस्ने प्रचलन छ।


तपाईँको नामबाट कसैले अगाडि नै मत दिइसकेको थाहा पाउनुभयो भने निराश नहुनुहोस्। निर्वाचन गराउन खटिएका अधिकारीहरूलाई त्यो कुराबारे तत्काल जानकारी गराउनुहोस्।
उनीहरूले तपाईँले मत दिएको मतपत्रको मुचुल्का गरेर त्यसलाई अलग्गै राख्छन् र त्यो मत अन्तिममा गणना हुन्छ। त्यसलाई ‘निविदा मतपत्र’ भनिन्छ।


विदेशमा बस्ने नेपालीलाई पनि मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने माग र चर्चा हुँदै आएको भए पनि यसपालि त्यो सम्भव भएन।
विदेशमा भएका नेपाली मतदाताले भोट हाल्न नेपाल नै आउनुपर्छ। आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रस्थित मतदानकेन्द्रमा व्यक्ति स्वयं उपस्थित भएर मात्रै मतदान गर्न पाइन्छ।
प्रतिनिधिसभा निर्वाचन ऐनले निर्वाचन आयोगलाई अस्थायी मतदाताका लागि फरक मतदानकेन्द्रको व्यवस्था गर्ने अधिकार दिएको छैन। चुनावमा खटिएका सरकारी कर्मचारी, सुरक्षाकर्मी र चुनाव गराउन खटिएका व्यक्तिहरूले चाहिँ आफू खटिएको मतदानकेन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउँछन्।
यस्ता अस्थायी मतदाताले प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्न पाउँदैनन्।
नेपालमा अहिले कसैलाई भोट दिन्नँ वा NOTA (नोटा) भन्ने विकल्प छैन। यदि तपाईँलाई कुनै पनि उम्मेदवारलाई मत दिनु छैन भने मतपत्र खाली छोड्नुबाहेक अरू विकल्प छैन।
तर छाप नलगाइएको मतपत्र ‘बदर’मा गणना हुन्छ।


दृष्टिविहीन, अपाङ्गता भएका वा आफैँ मत दिन नसक्ने अन्य अशक्त मतदाताले मतदान अधिकृतलाई आग्रह गरेर सहयोगीलाई सँगै लैजान अनुमति लिन सक्छन्। मतदाताको आग्रहमा मतदान अधिकृतले सहयोगी लैजाने अनुमति दिन सक्छन्।
दर्ता गरेको नाम सूचीमा भेटिएन भने के गर्ने?
नोट : निर्वाचनको केही महिनाअघिबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न बन्द हुन्छ। त्यस कारण आफ्नो नाम मतदाता सूचीमा रहे वा नरहेको अगाडि नै जाँच गर्नुहोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij