Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कालिकास्थित श्री मावि सहपुरमा ‘सेकेन्ड इन्टर पेट्रोल कुकिङ कम्पिटिसन’ सम्पन्न

कालिकास्थित श्री मावि सहपुरमा ‘सेकेन्ड इन्टर पेट्रोल कुकिङ कम्पिटिसन’ सम्पन्न

चितवन : कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा ‘सहपुर स्काउट ट्रुप’को आयोजनामा ‘सेकेन्ड इन्टर पेट्रोल कुकिङ कम्पिटिसन’ (दोस्रो अन्तर पेट्रोल खाना पकाउने प्रतियोगिता) भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका स्काउट भाइबहिनीहरूलाई पाक शिक्षा जस्तो व्यावहारिक तथा जीवनोपयोगी सीपमा अभ्यस्त गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिता देखिएको थियो। प्रतियोगितामा सहभागी कुल ७ वटा पेट्रोल (टोली)मध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै ‘प्यारोट पेट्रोल’ (Parrot Patrol) प्रथम हुन सफल भएको छ।

प्रथम स्थान हासिल गर्ने टोलीलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, प्रतियोगितामा उच्च क्रियाशीलताका साथ सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने अन्य सबै पेट्रोल टोलीहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहजीकरणको महत्त्वपूर्ण भूमिका निभाउनुहुने संस्थापक स्काउट शिक्षक सन्तोष लामिछाने ‘अतित’, विशाल दराई र अनिशा चौधरी लगायत सम्पूर्ण टिमलाई विद्यालयको तर्फबाट विशेष धन्यवाद प्रकट गरिएको छ।२०८२ साल फागुन १४ गते बिहीबार आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा व्यावहारिक सीपको विकासमा ठुलो सहयोग पुगेको विश्वास विद्यालयले लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट