Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला रु ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले वृद्धि भएको हो ।

त्यस्तै, आज सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो प्रतिदश ग्राम रु २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो । यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला रु ५ हजार ५ सय ९५ रहेको थियो । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट