काठमाडौं : नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार ९माघ २५० मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी पनि तोलामा २४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij