Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रवि लामिछानेको दाबी : ‘सुकुमवासी समस्या अब भोट बैंक होइन, स्थायी समाधान गर्छौँ’

रवि लामिछानेको दाबी : ‘सुकुमवासी समस्या अब भोट बैंक होइन, स्थायी समाधान गर्छौँ’

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुमवासी समस्यालाई राजनीतिक ‘भोट बैंक’ बनाउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार चितवन–२ का सुकुमवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले वास्तविक सुकुमवासीको हक–अधिकारका लागि निष्पक्ष रूपमा लड्ने बताएका हुन्।

लामिछानेले सुकुमवासी समस्या समाधानमा पार्टीगत आधारमा विभेद नहुने स्पष्ट गर्दै कानुनअनुसार योग्य व्यक्तिले न्याय पाउने व्यवस्था गरिने बताए। उनले भने, “आफ्नो पार्टीको कार्यकर्ता भए पाउने, नभए नपाउने भन्ने हुँदैन। कानुनले जे भन्छ, त्यही आधारमा न्याय हुन्छ।”

गलत तरिकाले भएका प्रक्रिया भए कानुन संशोधन गरेर भए पनि वास्तविक हकदारलाई जग्गा उपलब्ध गराइने उनले स्पष्ट पारे।
“पाउनुपर्ने मान्छेलाई जग्गा दिएर यो सुकुमवासी समस्या र भोट बैंकको पसल सदाका लागि बन्द गर्ने वाचा मैले पहिल्यै गरेको हुँ,” उनले भने।

लामिछानेले यो कुनै चुनावी सभा नभएको उल्लेख गर्दै सुकुमवासी समस्या समाधानलाई पार्टीको स्पष्ट नीतिका रूपमा अघि बढाइने बताए। साथै, स्थायी समाधानका लागि स्थिर सरकार आवश्यक भएकाले ५ वर्षसम्म ढुक्कसँग सरकार सञ्चालन गर्न सक्ने गरी रास्वपालाई समर्थन गर्न आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट