काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी सनातन सभ्यता, लोकतान्त्रिक मूल्य र बहुलवादी समाजको संरक्षणमा दृढ रहेको स्पष्ट पारेका छन्। आफूविरुद्ध फैलाइएका आरोपप्रति प्रतिक्रिया जनाउँदै उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
वाग्लेले रास्वपाको वैचारिक आधार स्पष्ट हुँदाहुँदै पनि भ्रम फैलाउने प्रयास भइरहेको भन्दै प्रश्न उठाएका छन्। सनातन सभ्यता र उन्नत लोकतन्त्रप्रति हाम्रो दृष्टिकोण स्पष्ट छ। त्यसपछि पनि किन गलत व्याख्या गरिन्छ ? भन्दै उनले पार्टी उदार, सहिष्णु र बहुलवादी समाजको संरक्षक भएको उल्लेख गरेका छन्। उनले पार्टीका आधिकारिक दस्तावेज अध्ययन गर्न आग्रह गर्दै रास्वपाले नेपालको इतिहास र सनातन सभ्यताप्रति गर्व गर्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको बताए। हाम्रो धारणा बुझ्न बाहिर प्रश्न खोजिरहनु पर्दैन, हाम्रा दस्तावेजहरू पढे पुग्छ, वाग्लेले लेखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij