Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोरङबाट ५३८ केजी गाँजासहित कार बरामद

मोरङबाट ५३८ केजी गाँजासहित कार बरामद

मोरङ : प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका ८, हाटखोलाबाट ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ।प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारका अनुसार कारमा लोड गरेर राखिएको अवस्थामा फेला परेको गाँजा र गाडी बेवारिसे अवस्थामा भेटिएको हो।

असोज २ गते राति करिब ८:४० बजे शङ्कास्पद अवस्थामा रहेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको सिल्भर रङको कारको जाँच गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

बरामदसँगै चालक र कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट