Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एटुजेडको पत्रकार एवम् सञ्चारकर्मीबीच 'तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता' मा २५ जनाको सहभागीता

एटुजेडको पत्रकार एवम् सञ्चारकर्मीबीच 'तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता' मा २५ जनाको सहभागीता

चितवन : एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच 'तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता' मा २५ जनाले सहभागीता जनाएका छन् । एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच "हरितालिका तीज : पर्व कि प्रदर्शन ?" शीर्षकमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरेको थियो ।

आर्टिकल लेखनका लागि साउन २५ देखी भाद्र ४ गते सम्म समय दिईएको थियो । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र ५ गते एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको छ ।

आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित भएको हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको छ ।

जसअनुसार फेसबुक पेजमा भाद्र ५ गते देखी भाद्र १० गते राती १२ बजेसम्म गरिएका लाईक, कमेन्ट, सेयर र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरि पुरस्कृत गरिनेछ । सहभागीलाई पुरस्कार वितरणको मिती, समय र स्थानको बारेमा पुन : जानकारी गराईने छ ।

आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहार स्वरुप लगातार तीन बर्ष सम्म प्रथम हुने बिजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।

मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।

चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार / सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट