Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

युक्रेनमा रुसी ड्रोन आक्रमणमा कम्तिमा चार जनाको मृत्यु

युक्रेनमा रुसी ड्रोन आक्रमणमा कम्तिमा चार जनाको मृत्यु

किएभ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबिच ह्वाइट हाउसमा हुने भेटघाटको केही घण्टा अघि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ। खार्किभको एक अपार्टमेन्ट ब्लकमा रूसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तीमा चार जनाको मृत्यु भएको मेयर इहोर तेरेखोभले बताएका हुन् । उनले भने, ‘भवनको एक भाग भत्किएको छ र भग्नावशेषमुनि अझै धेरै मानिसहरू फसेको हुन सक्ने आशंका छ।’

स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर गरिएको रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको बताएका छन्, जसमा दुई बालबालिका पनि समावेश छन्।

युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ। वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट