Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रत्ननगर सौराहाचोकमा बेवारिसे शव फेला

रत्ननगर सौराहाचोकमा बेवारिसे शव फेला

रत्ननगर: रत्ननगर नगरपालिका वडा नम्बर १, सौराहाचोक नजिकै आइतबार बेवारिसे शव फेला परेको छ । सौराहाचोकबाट करिब ३०० मिटर भित्र सौराहा जाने बाटोतर्फ दिउँसो ४ बजे अन्दाजी ३० वर्ष उमेरको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रन्जन अवाका अनुसार शवको पहिचान हालसम्म हुन सकेको छैन। शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट