काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकैको मुख्य सडक खण्डमा एक फोर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको छ।
नागढुङ्गाबाट कलङ्की तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (BR 01 PC 3754) भएको कारलाई पछाडिबाट सोही दिशातर्फ आइरहेको बा २ ख ९३९३ नम्बरको थानकोट यातायातको फोर्स गाडीले ठक्कर दिएको थियो। ठक्करपछि फोर्स गाडी अनियन्त्रित भई सडक छेउमा रहेको किजेस श्रेष्ठ र विजय श्रेष्ठको घरको भित्तामा ठोक्किएको हो।
दुर्घटनामा घरमा सामान्य क्षति पुगेको छ भने मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ। दुबै सवारी साधन अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij