Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ

अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–०९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन, बङ्ग्राकटानबाट १३० मिलिग्राम र धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट ५० मिलिग्राम गरी जम्मा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने वर्ष २६ का तपेन्द्र पाली, सोही नगरपालिका –९ बस्ने वर्ष २५ का महेश ओड, वर्ष २७ का नवल बोहरा, धनगढी उपमहानगरपालिका–९ बङराकटान बस्ने वर्ष २६ का डम्बर ठगुन्ना र धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने वर्ष १९ का सुरज थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij