Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ

१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ

कैलाली : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरी रहेका छन् ।

हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij