Logo

Aug 20 2026 | २०८३, भाद्र ४गते

चितवनसहितका ५ सहरमा एकसाथ १.७ टन भार क्षमताको महिन्द्रा पिकअप बोलेरो सार्वजनिक

चितवनसहितका ५ सहरमा एकसाथ १.७ टन भार क्षमताको महिन्द्रा पिकअप बोलेरो सार्वजनिक

चितवन : नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिकअप सार्वजनिक भएको छ । अग्नि इन्करपोरेटेड प्राइभेटले चितवनसहित काठमाडौं (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन र विराटनगरको महिन्द्रा सोरुमहरूमा आइतबार औपचारिक रुपमा उक्त बोलेरो सार्वजनिक गरेको हो ।

अग्नी ग्रुपले नेपालमै पहिलोपटक १.७ टन (१ हजार ७ सय केजी) भार क्षमताको महिन्द्रा बोलेरो पिकअप भित्राएको हो । चितवनको भरतपुरस्थित महिन्द्राको आधिकारीक बिक्रेता सेन्ट्रल अटो जोनबाट चितवन अटोमोवाईल एशोसिएसनका अध्यक्ष राजन पियाले पिकअप सार्वजनिक गरेका थिए ।

महिन्द्रा बोलेरो पिक–अप १.७१ ले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरुलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

नेपालका लागि सुहाउँदो र व्यवसायीक सवारीको रुपमा महत्वपूर्ण रहेको सेन्ट्रल अटोजोनका अध्यक्ष राजेन्द्र बाटाजुले जानकारी दिए । उनले नेपालमा बलियो र बढि क्षमतायुक्त युटिलिटी गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै महिन्द्राले यस पिकअप बजारमा ल्याएको बताए।

६३ विएचपिको पावर र १९५ न्युटन मिटरको टके दिने २.५ लिटरको ’एमटु–डिआइ–सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७१. उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरुले भरिपूर्ण रहेको छ ।

यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र पाता भएको स्पिड सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ।

साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन कुशलता (क्युल–इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को–ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेको अग्नी ग्रुपपका एक्जुकेटिभ सिनियर म्यानेजर रणवीर कुमार यादवले बताए । उनले नयाँ बोलेरोको विशेषताबारे चितवनबासीलाई जानकारी गराएका थिए।

महिन्द्रा बोलेरो पिक–अप १.७१ नेपाली ग्राहकहरुका लागि २५ लाख ६५ हजार ९१५ लाख ६५ हजारको विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरुको लागि नयाँ पिक–अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमाफेल सहज वित्तीय सुविधाहरु उपलब्ध गराएको सेन्ट्रल अटो जोनका म्यानेजर राजकुमार बरालले जानकारी दिए ।

यसअन्तर्गत ७० प्रतिशतसम्म फाइनान्सिङ, १ दिनमै छिटो कर्जा निर्णय, ९.९९० प्रतिशतको को प्रतिस्पर्धात्मक ब्याजदर, शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक–अप खरिद गर्न सकिनेछ ।

वितीय सुविधामा स्वरोजगार (सेल्फ इम्प्लोयड) नेपालीहरुलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पननी अग्नि आस्था प्रालि मार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७१ एक्सचेन्ज गर्न सक्नेछन् ।

महिन्दा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट–सेलिङ पिक–अप (नम्बर एक पिक–अप) को रुपमा स्थापित छ ।

वर्षौंदेखि नेपाली ग्राहकहरुको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो र गुणस्तर रहेको नयाँ १।७१ भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij