Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

चितवनमा सवारी र सर्वसाधारणको चाप हुने ठाउँमा तालिमप्राप्त कुकुर परिचालन

चितवनमा सवारी र सर्वसाधारणको चाप हुने ठाउँमा तालिमप्राप्त कुकुर परिचालन

चितवन :  तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्बसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले तिहार लक्षित गर्दै विष्फोटक पदार्थ र लागुऔषध पहिचान गर्ने तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तिहारको समयमा पटकाजन्य वस्तुको ओसारपसार हुनसक्ने सम्भावित नाकाहरुमा समेत सो कुकुरको परिचालन गरिएको छ ।

उनले भने “मानिसको भीडभाड हुने स्थानमा लागुऔषध तथा विष्फोटक पदार्थको ओसारपसार हुनसक्ने भएकाले उच्च निगरानी बढाएका हौ ।” तिहार लक्षित सुरक्षा योजना निर्माण गरी आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए । सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij