Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रधानमन्त्रीको आह्वान

रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवतको अवसरमा शुभकामना दिँदै रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन आह्वान गरेका छन्।

नेपाल संवत् ११४७ ९न्हूदँया भिन्तुना० तथा म्ह पूजाको अवसरमा सामाजिक सञ्जालबाट आज देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको पनि स्मरण गरेका छन्। 

‘राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो,’ शुभकामनामा प्रधानमन्त्री शाहले भनेका छन्, ‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छस ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ।’ 

उनले यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र त्यो हाम्रा लागि गौरवको विषय भएको पनि बताएका छन्। 

‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij