चितवन : चितवनको भरतपुर महानगरपालिका–७ अन्नपूर्ण टोलबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो करिब ३:२० बजे जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक बुक तास र नगद ३ लाख ३७ हजार ४ सय ८० रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।