काठमाडौँ : दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।कालीकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । उनको बिहान ८ः५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान ५ः३० बजे कालीकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।घाइते हुनेमा कालीकोट सन्नित्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय चालक योगेश सिंखडा, १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, वडा नम्बर ६ का ३६ वर्षीय जादुकाल सार्की २७ वर्षीया कैसि सार्की (बिरामी) छन् । उनीहरुलाई उद्धार गरी सुर्खेत पठाईएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij