Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

ढाका टोपीमा सजिएर नेपालीसँगै तिहार मनाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले

ढाका टोपीमा सजिएर नेपालीसँगै तिहार मनाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले

काठमाडौं : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाली ढाका टोपीमा सजिएर सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए । सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको कुरा भएको बताए ।
उनले भने–‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो ।’ नेपाल फेस्टिभल मनाउन सिड्नीमा रहेका नेपालीहरूको उल्लेख्य सहभागीता थियो ।

हिन्दू नेपालीहरुको महान पर्व शुभ दिपावली (यमपञ्चक)को आज पहिलो दिन हो । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइयो ।

सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट