Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै

ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै

काठमाडौँ :  नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन पारित गरेपछि यस प्रक्रियाले संस्थागत रूप लिएको हो । दुवै उपसमितिले २०८३ मा तयार पारेका प्रतिवेदन समितिका सभापति कृष्णबहादुर रोकायलाई बुझाएका थिए।
राष्ट्रियसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिका संयोजक डा. अञ्जान शाक्यले नेपालमा उत्तर विधायिकी परीक्षणको आवश्यकता पहिचान गरी अध्ययनमार्फत त्यसलाई मूर्तरूप दिने प्रयास भएको बताइन्।
प्रतिवेदनमा अस्ट्रेलिया, जर्मनी, जापान, दक्षिण अफ्रिका, फ्रान्स, स्विट्जरल्यान्ड, बेलायत र भारतलगायत देशमा प्रचलित ऐन कार्यान्वयन मापनका अभ्यास समेटिएको उनले जानकारी दिइन्।
विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिको संयोजक सुरेशकुमार आले मगर थिए। नेपालमा पहिलोपटक विधायन ऐन, २०८१ कार्यान्वयनमा ल्याइएको थियो।
संविधानका धारा ५३ र ५४ तथा राष्ट्रियसभा र प्रतिनिधिसभा नियमावलीका व्यवस्थाअनुसार गठित उपसमितिहरूले कानुन निर्माणदेखि कार्यान्वयनपछिको अवस्थासम्म अध्ययन गरी सुधारका लागि सुझाव दिने जिम्मेवारी पाएका छन्।

दुवै प्रतिवेदनले संसद्को जिम्मेवारी कानुन निर्माणमा मात्र सीमित नहुने निष्कर्ष निकालेका छन्। कानुनले लक्षित उद्देश्य हासिल गरे–नगरेको, नागरिकको जीवनमा पारेको प्रभाव र आवश्यक सुधारका विषयमा परीक्षण गर्नु पनि संसद्को महत्त्वपूर्ण जिम्मेवारी भएको प्रतिवेदनमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट