Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

आईजीपी पदमुक्त प्रकरण : १७ महिना बाँकी थियो कार्कीको कार्यकाल

आईजीपी पदमुक्त प्रकरण : १७ महिना बाँकी थियो कार्कीको कार्यकाल

काठमाडौँ : प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीको जिम्मेवारी खोसिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त भएका छन्।२०८२ कात्तिक २४ गते आईजीपी बनेका कार्कीले करिब १ वर्ष प्रहरीको नेतृत्व गरे । करिब १७ महिना कार्यकाल बाँकी हुँदै सरकारले उनको जिम्मेवारी खोसेको हो। जिम्मेवारी नखोसिएको भए कार्की ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाने थिए।गत वर्ष आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका ब्याचमेट डा. मनोज कुमार केसी पनि थिए । कार्की २०५४ चैत १८ मा प्रहरी निरीक्षक(इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । 

सरकारले आईजीपी पदबाट कार्कीलाई किन हटायो ?
जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो। चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ गते उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए। त्यसबेला डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए।डा. केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेका थिए। भुटानी शरणार्थीको अनुसन्धान र अभियोजनले नेपालको राजनीतिमा तरङ्ग ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट