काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको २० औ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकको बारेमा गरेको यस्तो गोष्ठीले नेपालको सन्दर्भ राम्रो सन्देश दिएको बताएका छन्।
विश्वमै उदमान देश रहेको चीनले लिने नीतिले विश्वका लागि निकै महत्त्व रहेको बताउँदै उनले नेपाली वामपन्थीका लागि पनि महत्त्व रहेको उनले बताए ।
चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव विषयमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्राइन्डसीप फोरमले सोमबार आयोजना गरेको चीनको कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी गोष्ठीमा उनले सीपीसीको बैठकले गरेको निर्णय तथा लिएको नीतिले नेपालको परराष्ट्र नीति तथा राजनीतिको लागि पनि महत्त्वपूर्ण रहेको बताए ।
पार्टी र सरकारमाथि जनताको निगरानी हुनुपर्ने कुरामा पनि सीपीसीले जोड दिएको उल्लेख गर्दै उनले राज्यमा सुशासन कायम गर्न आफू आन्तरिक पार्टी भित्र पनि सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिएको धारणा राखे ।
आत्मनिर्णयको नीति लिएर अगाडि बढेको पार्टी, आत्मनुशासन लिएर अगाडी बढेको सीपीसीले सुशासनका लागि कडा नीति लिएको उनले बताए ।
सीपीसीको यो निर्णयहरूले नेपाल-चीनबिच सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउँदै उनले नेपाल-चीन बिच मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुपर्छ यसमा कुनै इन्तुपरन्तु गर्न मिल्दैन तर त्यसका लागि देश सार्वभौमसत्ता, स्वाधीनतालाई ख्याल गर्नुपर्ने उनले धारणा राखे।
नेपालसँग राम्रो सम्बन्ध कायम रहनुको कारण चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन, नेपालको हितमा नै काम गरेको उनले बताए ।
भारत र चीन नेपालका लागि महत्त्वपूर्ण छ, तर आफ्नो सार्वभौमिकतालाई ख्याल गर्नुपर्ने बताउँदै उनले केही समय पहिले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति नेपालको सार्वभौमिकता विपरीत रहेको टिप्पणी गरे । आफ्नो राष्ट्रहितको बारेमा जहाँ पनि खोलेर बोल्नुपर्छ, आफ्नो व्यक्तिगत तथा पार्टीगत स्वार्थ बाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताए।
नेपालको समस्या भनेको तदर्थवाद रहेको बताउँदै उनले सरकारले मनलाग्दी काम गर्न नहुने बताए । सरकार जसको नेतृत्वमा भएपनि नीति र व्यवस्था एउटै रहनु पर्ने धारणा राखे।
नेपालका सरकार सुशासनको क्षेत्रमा अभियान नै चलाउनु पर्ने बताउँदै उनले सुशासनको कुरा चीनबाट सिक्नुपर्ने बताए । सुशासनको अभियान पहिला पार्टीभित्र चलाउनु पर्ने त्यसपछि सरकार र सत्तामा लागू गर्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रण अभियानकै रूपमा चलाउनु पर्ने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij