Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन

चितवन : नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको आईतबार भरतपुरमा सम्पन्न तेस्रो अधिवेशनबाट हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनिल सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।

बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यता तथा महानगर समितिका निवर्तमान अध्यक्ष अर्जुन भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला अध्यक्षहरू हुमनाथ ढकाल, टेकबहादुर थापा, पूर्णप्रसाद दवाडी, हरिश्चन्द्र सुबेदी, रमेश अधिकारी, वर्तमान जिल्ला अध्यक्ष मञ्जु सिंखडा, केस सदस्य तोया पौडेललगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा महानगरभित्रका नवनियुक्त प्रधानाध्यापक तथा श्रेणीगत बढुवा भएका विभिन्न तहका शिक्षक एवम् निवृत शिक्षकहरु सम्मानित समेत गरिएको थियो । तेस्रो नगर अधिवेशनबाट २९ सदस्यीय नगर समिति सदस्य निर्विरोध चयन गरिएको अध्यक्ष सुनिल सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट