Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

काठमाडौं : मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनेसहितका निर्णय गरेको हो । बैठकले कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भए नभएको विषयमा अनुगमन गर्ने निर्णय भएको छ ।

मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो । सामान्यतया महिनाको सोमबार बस्ने बैठक दसैँ बिदाका कारण यसपटक सोमबार बसेको हो । बैठकमा समसामयिक विषयमा समेत छलफल भएको एक सचिवले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट