काठमाडौँ : विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ ।कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गर्ने धारणा र अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताएका छन् ।
गलत क्रियाकलापका विषयमा कांग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै उनले रास्वपाले यस विषयलाई संसद्मा कसरी प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने स्पष्ट पारे ।‘रास्वपा सबैभन्दा ठूलो दलको रूपमा हुनुहुन्छ । उहाँहरूले यो विषयमा आफ्ना दृष्टिकोण कसरी सार्वजनिक गर्नुहुन्छ, त्यो हामी हेरिरहेका छौँ । हामी कुनै पनि गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ । उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसद्मा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यस अनुसार हामीहरू आफ्ना धारणाहरू बनाएर हामीहरू अगाडि बढ्छौँ,’ उनले भने ।
रास्वपाले विचौलिया इनम सापकोटासँग कनेक्सन रहेका न्यायाधीशमाथि महाभियोग लगाउने गरी छलफल अघि बढाएको छ । तर, रास्वपाले पनि महाभियोगका विषयमा ठोस धारणा सार्वजनिक गरेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij