Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं :  स्वास्थ्य अवस्था जटिल बनेपछि प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।

डा. केसीलाई लिन काठमाडौं‌बाट सोमबार हेलिकप्टर उडिसकेको छ। उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको इलाम अस्पतालमा कार्यरत चिकित्सक डा. महेश आचार्यले जानकारी दिए।

टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट