Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

करदाता प्रोत्साहन उपहार : सरकारले आज नगदै दिने

करदाता प्रोत्साहन उपहार : सरकारले आज नगदै दिने

काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।

असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि छनोट हुने विजेताको घोषणा बिहान १० बजे काठमाडौंको नयाँ सडकस्थित विशाल बजार परिसरबाट गरिने भएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार आज विजेताहरुले नगद नै पुरस्कार पाउने व्यवस्था गरिएको छ। कार्यक्रमअन्तर्गत १६ जनाले जनही करकट्टीबाहेक एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।  

त्यस्तै, बम्पर पुरस्कारतर्फ एक जनाले करकट्टीबाहेक १० लाख रुपैयाँ अर्थात् हातमा साढे सात लाख रुपैयाँ प्राप्त गर्नेछन्। विजेता घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij