काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (SME) तथा स्टार्टअपलाई लक्षित गर्दै उच्च गतिको ‘SME Pro Max’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले SME Pro Max प्याकेजमा 1Gbps सम्मको इन्टरनेट स्पिड, 1TB डाटा र पब्लिक IP सेवामा ४० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । यसले स्टार्टअप तथा साना व्यवसायलाई आफ्नो डिजिटल कारोबार, कार्यालय सञ्चालन तथा अनलाइन सेवाका लागि आवश्यक तीव्र र स्थिर इन्टरनेट पहुँच सहज बनाउने कम्पनीको अपेक्षा छ ।
प्याकेजअन्तर्गत ग्राहकले वाई–फाई ६ राउटर निःशुल्क प्राप्त गर्नुका साथै फ्री सर्वे, इन्स्टलेसन तथा सेटअप सेवा पनि पाउनेछन् । व्यवसायको आवश्यकता र कार्यक्षमताअनुसार उच्च गतिको नेटवर्क उपलब्ध गराउने उद्देश्यले प्याकेज तयार गरिएको क्लासिक टेकले जनाएको छ ।
कम्पनीले नयाँ व्यवसाय तथा स्टार्टअपलाई डिजिटल पूर्वाधारमा सहज पहुँच पुर्याउँदै व्यवसाय विस्तारमा सहयोग गर्ने लक्ष्यसहित यो योजना ल्याएको जनाएको छ ।
SME Pro Max प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा corporate@classic.com.np मा इमेल गर्न सकिने कम्पनीले जनाएको छ ।
सर्तहरू लागू हुनेछन् । : AVT
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij