काठमाडौँ : वैकल्पिक बासको व्यवस्था नभएसम्म सरकारले रसुवा बाढीपीडितलाई मासिक १५ हजार रुपैयाँ खर्च दिने भएको छ।अस्थायीरुपमा आफै बस्न चाहेमा चार जनाको परिवारसम्मलाई मासिक १५ हजार र त्यसभन्दा बढी परिवारको संख्या भएमा एक जना बराबर थप २ हजार रुपैयाँ दिने भएको हो। उक्त रकम बढीमा ६ महिनाका लागि दिइने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
आफै वैकल्पिक व्यवस्था नगरी सरकारले बनाएको होल्डिङ सेन्टरमा बसेमा त्यस्ता परिवाले भने उक्त रकम पाउने छैनन्।
रसुवा बाढीबाट रसुवा, धादिङ, नुवाकोट, तनहुँ र गोरखा जिल्लाका १९ स्थानीय तह प्रभावित भएका छन्। प्रभावितहरूको हाल विवरण संकलन कार्य भइरहेको छ।
बाढीबाट प्रभावितहरू मध्ये २ हजार ५ सय ३२ जनालाई ३३ वटा होल्डिङ सेन्टरमा अस्थायीरुपमा राखिएको छ। जसअनुसार रसुवामा ९ वटा होल्डिङ सेन्टरमा ८ सय २५ जना, नुवाकोटमा २२ वटा होल्डिङ सेन्टरमा १ हजार ६ सय १३, धादिङका २ वटा होल्डिङ सेन्टरमा ९४ जनाले आश्रय लिइरहेका छन्।
उनीहरूलाई सरकारले खाने, बस्नेको व्यवस्था मिलाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij