Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

१४ औँ महाधिवेशनबाट निवाचित देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

१४ औँ महाधिवेशनबाट निवाचित देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौँ:  नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन्।कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो।

प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशन मा सहभागी नभएका र १४औ महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको जानकारी दिए।प्रवक्ता चालिसेका अनुसार अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्।


निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट