तनहुँ : अरिङ्गालले टोकेर गम्भीर घाइते भएका तनहुँका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा भिमाद नगरपालिका–२, टेक्रे निवासी ४२ वर्षीय धनबहादुर थापा रहेका छन्।
प्रहरीका अनुसार २०८३ भदौ २६ गते साँझ करिब ७ बजे घर नजिकैको बारीमा काम गर्ने क्रममा थापालाई अरिङ्गालले घाँटी, हातलगायत शरीरका विभिन्न भागमा टोकेको थियो। अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भदौ २७ गते राति करिब १ः३० बजे जीपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, झरौटामा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सोही राति करिब ३ः३० बजे थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको थियो। गण्डकी मेडिकल कलेजमा उपचाररत थापाको भदौ २८ गते बिहान ८ः१३ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij