काठमाडौँ : पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास विक्री गरिएको छ।पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बेचिएका हुन्।
निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बेचिएका छन्।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो।
पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई विक्री गरिने निगमले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij