चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ।बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टाको अन्तरमा ३० मिनेटका लागि मात्रै सडक खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो।
बाँकी समयमा सडक मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सडकखण्डअन्तर्गत तुइन खोलामा अहिले मर्मत कार्य भइरहेको छ। मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्।
त्रिशूली नदीमा गत भदौ १० गते र त्यसपछि आएको बाढीका कारण नारायणगढ-मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सडक अवरुद्ध हुँदै आएको छ।
सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ।मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सडक खुल्ने समयअनुसार मात्रै आवतजावत गर्नुपर्ने अवस्था रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij