Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सल्यान जिप दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

सल्यान जिप दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

सल्यान : सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार चिकित्सकले उनलाई शनिबार बिहान ११ः५५ बजे मृत घोषणा गरेका थिए।

यसअघि दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा लुम्बिनी प्रदेश ०२–००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट