सुर्खेत : सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ६, का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका- ५, का अन्दाजी १८ वर्षीया विपना बुढाथोकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीका अनुसार, शनिबार बिहान सिम्क भन्ने ठाउँबाट लुहामतर्फ हुँदै दाङ जान लागेको लु.प्र.०२–००१ ज००५ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटरभन्दा तल खसेको थियो । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij