Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फ्याक्ट्रीको गेटमा सुतेका कामदारलाई ट्रकले ठक्कर दिँदा मृत्यु

फ्याक्ट्रीको गेटमा सुतेका कामदारलाई ट्रकले ठक्कर दिँदा मृत्यु

चितवन :  चितवनको भरतपुरमा सवारी साधनको ठक्करबाट एक जना कामदारको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–८ स्थित सद्गुण दाना फ्याक्ट्रीको गेटमा सुतेका भरतपुर–५ निवासी ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरलाई शनिबार बिहान करिब ३ः३० बजे सवारी साधनले ठक्कर दिएको थियो।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेका मगरलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारकै क्रममा बिहान ६ः२६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार मगरलाई ठक्कर दिने ना.५ ख ८४६५ नम्बरको ट्रक र ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सर्फराज आलमलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट