Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर महतोसहित चारविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर महतोसहित चारविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा


काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो (रामबाबु महतो कोइरी) सहित चार जनाविरुद्ध गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले महतोले भ्रष्टाचारबाट आर्जन गरेको अवैध रकम आफन्तका नाममा बैंक तथा सहकारीमा राखी घरजग्गा खरिदमा लगानी गरेर वैध बनाउने प्रयास गरेको जनाएको छ। महतोविरुद्ध ४ करोड ४८ लाख ७९ हजार ८४१ पैसा ९८ बिगो कायम गरी दोब्बर जरिवाना, कैद सजाय र थप १० प्रतिशत सजायको मागदाबी गरिएको छ।

सोही प्रकरणमा अवैध सम्पत्ति लुकाउन र कारोबार गर्न सघाएको अभियोगमा उनकी श्रीमती मालाकुमारी महतोलाई मुख्य कसुरदार सरह तथा साली रीना कुशवाह र साढुभाइ कृष्ण प्रसाद मेहतालाई मतियारका रूपमा आधा सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij