Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चिलिमे टनेलसम्म हेभी उपकरण लैजाने सडक तयार, उद्धार तीव्र

चिलिमे टनेलसम्म हेभी उपकरण लैजाने सडक तयार, उद्धार तीव्र

काठमाडौँ :  खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको टनेलमा ठुला उपकरण लैजाने पहुँचमार्ग तयार भएको सेनाले जनाएको छ। सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँशी हुँदै चिलिमेको टनेलसम्म हेभी इक्युपमेन्ट लैजान पहुँच सडक तयार भएको जानकारी दिए।

पहुँच सडक बन्नुअघि पनि विदेशी सहितको संयुक्त टोलीले टनेल भित्रको लेदो फाल्दै खोजी कार्य जारी राखेका छन् । एक्स्काभेटर सहितका ठुला उपकरण लैजान बाटो खुलेपछि अव उद्धार तीव्र पार्न लागिएको सैनिक अधिकारीहरू बताउँछन् । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि चिलिमेको आयोजना स्थलमा पुगेर उद्धारमा समन्वय गरिरहेका छन्।

२२ मेगावाटको चिलिमे जलविद्युत आयोजना क्षेत्रमा रहेका सांसद सागर ढकाल पनि खटिएका छन् । चिलिमेको टनेलभित्र ८ जना मानिस फसेको आशङ्का गरिएको छ । सैनिक प्रवक्ता बस्नेत भन्छन्, ‘चिलिमेमा थप खोजी कार्य तीव्र पारिएको छ।’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट