Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रतिसिलिन्डर २८ सयमा ग्यास बिक्री, कालोबजारी आरोपमा दुई पक्राउ

प्रतिसिलिन्डर २८ सयमा ग्यास बिक्री, कालोबजारी आरोपमा दुई पक्राउ

काठमाडौँ :  खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुर्यबिनायक नगरपालिका–३  स्थित ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछेमा सगर ग्यास बेच्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य छन् । उनीहरू बिहीबार साँझ पक्राउ परेका हुन् ।

शाहले उपभोक्तालाई प्रतिसिलिन्डर २८ सयमा ग्यास बेच्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 


उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ७५ थान भरिएको हिमाल ग्यास र १४ थान सगर ग्यास बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट