काठमाडौँ : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा कोइरालाले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने भन्दै महाधिवेशनलाई सफल बनाउनु नै काँग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताएका हुन्।
उनले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको प्रतिक्रिया दिए। ‘पार्टीलाई एकजुट पारौँ। आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ। यो अधिवेशनलाई सफल पारौँ। यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो। लोकतन्त्रको सफलता हो’, उनले भने, ‘हामीले बनाएको संविधानको सफलता हो । पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु। तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ। यसैमा हाम्रो भलाइ छ।’
कोइरालाले सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने धारणा राखे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij