Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘न पहिला भाग्यौँ, न अहिले भाग्छौँ, न भविष्यमा भाग्छौँ’ : ओली

‘न पहिला भाग्यौँ, न अहिले भाग्छौँ, न भविष्यमा भाग्छौँ’ : ओली

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन्।गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित आफ्नो निवासको बुधवार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू न पहिला भागेको, न अहिले भाग्ने र न भविष्यमा नै भाग्ने बताए।

उनले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरूले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको बताए।

ओलीले भन्नुभयो, ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ। यो देश हाम्रो पनि हो। हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो। हामीलाई अरूले उभ्याएको होइन।’

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न बुधवार ओली बालकोट पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट