हेटौँडा : राप्रपा बागमती प्रदेश संसदीय दलले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा ५ सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको छ । राप्रपा संसदीय दलका मुख्य सचेतक डम्बर तामाङले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै प्रदेशसभा सदस्यहरु भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा सदस्यलाई पदमुक्त गर्न सभामुखसमक्ष सिफारिस गरेका हुन् ।
यही भदौ २४ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रमा पार्टी विधान र संसदीय दलको विधानअनुसार उनीहरुलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरी कारबाही अघि बढाउन माग गरिएको छ ।
पार्टीको केन्द्रीय समिति र बागमती प्रदेशसभा संसदीय दलको बैठकको निर्णयविरुद्ध मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको आरोप छ । साथै ह्वीप उल्लंघन गरेर उनीहरु प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको आरोप लगाइएको छ ।
पार्टीको निर्णयविपरीत राप्रपाका तर्फबाट गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति र राजु विष्ट मन्त्रीका रूपमा थापा नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij