Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

होटलबाट करिब १ सय ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

होटलबाट करिब १ सय ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ : पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ लिङकरोडस्थित होटल अमन प्यालेसबाट करीव १ सय ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिईएको छ।भारत घर बताउने अन्दाजी ३५ वर्षिय विशाल कुमार कुशवाहालाई उक्त ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

सो ठाउँमा लागूऔषध कारोवार गरिरहेको भन्ने एपीएफ इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १३  गण पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउदको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

उनले उक्त ब्राउन सुगर भारतको रक्सौला नाका हुँदै नेपाल ल्याएको बताएका छन्। साथै उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाईकल तथा नेपाली र भारतीय रुपैयाँसमेत बरामद गरिएको छ।

नियन्त्रणमा लिईएका कुशवाहालाई बरामद ब्राउन सुगर तथा अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट