काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालयले देशैभर सञ्चालन हुन लागेका डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
सोमबार सीटीईभीटीले सूचना जारी गर्दै भदौ २३ गते बिहान ७ बजेदेखि मुलुकभरका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने तय भएका वार्षिक तथा सेमेस्टर प्रणालीका नियमित र आंशिक परीक्षाहरू विशेष परिस्थितिका कारण स्थगित गरिएको हो।
कार्यालयका अनुसार गत साउन १५ गते प्रकाशित परीक्षा तालिका र साउन १६ गते तोकिएका परीक्षा केन्द्रहरूमा हुने भनिएका परीक्षाहरू हाललाई रोकिएको छ।
स्थगित परीक्षाहरू पुनः सञ्चालन सम्बन्धी नयाँ परीक्षा तालिका र परीक्षा केन्द्र पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij